
काठमाडौँ । कथाकार चन्द्र मादेन आन्छन ‘आन्छनका कथा’ र कवि अमरदीप सुनुवारको कविता सङ्ग्रह ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा ती कृतिको लोकार्पण गर्नुभयो । आन्छनको कृतिमा ‘आमा अलप भइन्’, ‘नेता जी र माइली आमा’, ‘जनमुक्ति योद्धाको बिलौना’, ‘खलनायक मामा र महानायक भान्जा’, ‘भङ्गेरीको पीडा’ र ‘एकै रातमा नयाँ जिन्दगी’लगायत शीर्षकमा नेपाली समाज र समसामयिक विषयवस्तु समेटिएका १० वटा कथा छन् ।
त्यस्तै स्रष्टा अमरदीपको कृतिमा ‘नदीको शपथ’, ‘आस्थाका आयामहरु’, ‘मेरु लिखु नदी’, ‘साइक्याट्रिक महामारी’, ‘आधुनिक चराहरु’, ‘जेब्राक्रसको मूल्य’ र ‘सगरमाथालाई ज्ञापनपत्र’ लगायतका विभिन्न विषयवस्तु र घटना र परिस्थिति समेटिएका कविता छन् ।
समारोहमा कुलपति राईले पहिलेका कृतिमा अरुका विषयवस्तु र घटनामा आधारित भएर कथा, कविता लेखिने गरेकामा पछिल्ला समय स्रष्टाहरुले आफ्नै बारेमा लेख्दा वास्तविक विषयवस्तु सबैले बुझ्ने गरी बाहिर आउने बताउनुभयो । अहिले समाजमा आफ्नो अस्तित्वको बोध र उपस्थिति जनाउनका लागि लेखनकला अघि बढाउन लागिएको पाइएको उहाँको टिप्पणी थियो ।
बालप्रतिभा कार्की र पाण्डेलाई पुरस्कृत
साहित्यकार एवं सञ्चारकर्मी दाहाल यज्ञनिधि दाहालको छैटौँ स्मृति दिवसका अवसरमा बालप्रतिभा दिनेश कार्की र आस्ना पाण्डेलाई पुरस्कृत गरिएको छ ।
दाहाल यज्ञनिधि सुधा सदनद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति राईले दरबार हाइस्कुलबाट कक्षा आठको परीक्षामा नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउने छात्रतर्फ कार्की र छात्रातर्फ पाण्डेलाई जनही रु १० हजारसहित सम्मान गर्नुभयो ।
त्यसअवसरमा कूलपति राईले साहित्यकार ज्ञानमणि नेपाललाई मरणोप्रान्त एक लाख ५० हजार रुपैयाँ र ताम्रपत्रसहित सम्मान प्रदान गर्नुभयो । नेपाली साहित्य र इतिहासका क्षेत्रमा विशिष्ट योगदान दिए बापत उहाँलाई सम्मान गरिएको हो । सो सम्मान नेपालका छोरा सन्तोषले ग्रहण गर्नुभयो ।
विसं २०१० साउन ५ गते जन्मनुभएका दाहालको २०७५ साउन २५ गते निधन भएको थियो । लामो समयसम्म दरबार हाइस्कुलमा अध्यापन गराउनुहुने उत्कृष्ट उद्घोषक दाहालले आमनेपाली र साहित्यप्रेमीको मन जित्न सफल हुनुभएको थियो । उहाँका ‘जदौँ निबन्ध’ र ‘दाहाल यज्ञनिधिका कविता’ प्रकाशित छन् ।
कथित तल्लो जातिले कथित माथिल्लो जातिलाई अभिवादनमा प्रयोग गरिने जदौँ शब्दलाई रेडियो नेपालमार्फत व्यापक जनमानसमा फैलाएको श्रेय उहाँलाई नै जान्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने