
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उहाँका भारतीय समकक्षी पियुष गोयलबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय व्यापार एवं आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटवार्तामा मन्त्री भण्डारीले खाद्य सामग्रीको आयात सहज बनाउनुपर्ने विषयमा समकक्षी गोयलको ध्यानाकर्षण गराउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
चामल तथा चिनीलगायत खाद्य सामग्री नेपाल–भारत सिमानामै पाइने मूल्यमा नेपाललाई उपलब्ध गराउन आग्रह गर्दै मन्त्री भण्डारीले उद्योग एवं व्यापारका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूबीच सचिवस्तरीय बैठक राख्ने विषयमा छलफल भएको र सो सम्बन्धमा दुई साताभित्र उक्त बैठक आयोजना गर्ने सहमति भएको छ ।
नेपालबाट सिमेन्ट, जुत्ता, प्लाइउड निर्यात गर्दा व्यवसायीले खेप्नुपरेको कागजी प्रक्रियाको अवरोधलाई हटाउने विषयमा पनि मन्त्री भण्डारीले भारत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
भारतका वाणिज्य तथा उद्योगमन्त्री गोयलले नेपाल–भारतबीचको व्यापारमा देखिएका समस्या समाधान गर्न आफ्ना कर्मचारीहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो । त्यसैगरी आजै मन्त्री भण्डारी र भारतका पेट्रोलियममन्त्री हरिजित सिंह पुरीबीच पनि भेटवार्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने