
काठमाडौँ । नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्णरूपमा सचेत रहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ ।
तत्कालै थप कुनै सहयोग आवश्यकपरेमा लेबनानमा रहेका नेपाली नागरिक तथा उहाँहरूका आफन्तले कायरोस्थित नेपाली राजदूताबास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सम्पर्क ठेगाना सार्वजनिक गरेको छ ।
मन्त्रालयले दीपक घिमिरे, द्वितीय सचिव, नेपाली राजदूतावास, कायरोः २०१०९७७७२३४८, श्रीकृष्ण सिलवाल, शाखा अधिकृत, परराष्ट्र मन्त्रालयः ९७७९८४९१७९५२० लाई सम्पर्क गर्न अनुरोध गरेको छ
साथै लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि नेपाली राजदूतावास, कायरोको वेबसाइटमा रहेको लिङ्क https://eg.nepalembassy.gov.np/registration. of-nepali-nationals-in–lebahon/ मार्फत आवश्यक विवरण उपलब्ध गराउनुहुन लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने