
टेक्सास (अमेरिका) । नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको संयुक्त राज्य अमेरिकास्थित टेक्सासको ड्यालसमा दूतावास सेवा कार्यालय (कन्सुलर अफिस) स्थापनाका पक्षमा पहल शुरु भएको छ ।
प्रवासी नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापनाका लागि टेक्सासस्थित विभिन्न सङ्घसंस्थाले नेपाल सरकारसँग अनुरोध गर्दैै आएका छन् ।
टेक्सास्थित नेपाली समाज र प्रवासी नेपाली समुदाय तथा नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति र नेकपा एमाले निकट प्रवासी नेपाली मञ्चले टेक्सासबाट नेपाली दूतावास रहेको स्थान वासिङ्टन डिसी टाढा रहेकाले समय र खर्च बढी लाग्ने भएको अवस्थालाई दृष्टिगतगरी ड्यालसमा कन्सुलर अफिसको व्यवस्था गरिदिन नेपाल सरकारसँग पुनःअनुरोध गरेको छ ।
नेपाली समाज टेक्सासका महासचिव विजय भुसालले वासिङ्टनस्टित नेपाली दूतावासले कहिलेकाहीँ शिविर सञ्चालनगरी कन्सुलर सेवा दिने भए पनि समयको अभाव र सेवा लिने नेपालीको चापका कारण असहज भएकाले ड्यालसमा कन्सुलर अफिस स्थापना होस् भन्ने पक्षमा यहाँस्थित प्रवासी नेपाली समुदायबीच एक मत रहेको बताउनुभयो ।
महासचिव भुसालका अनुसार टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापना भइदिए टेक्सासका साथै ओक्लोहमा, न्यू मेक्सिोको लगायत १५ राज्यमा बसोबास गर्ने नेपाली समुदाय प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
नेपाली समाज टेक्सासले दुई वर्षदेखि कन्सुलर अफिस स्थापनाका लागि पहल गरिरहेको तर नेपालमा सरकार फेरबदल भइरहने समस्याले गर्दा प्रवासी नेपालीहरुको माग सम्बोधन हुन नसकेको भनी महासचिव भुसालले दुःख व्यक्त गर्नुभयो ।
नेपालमा नयाँ सरकार गठन भएपछि टेक्सासमा रहेका प्रवासी नेपाली समुदायकोतर्फबाट प्रधानमन्त्री केपी ओली, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र सचिव सेवा लम्साललाई साउनको पहिलो साता कन्सुलर अफिस स्थापनाका लागि आफूले ज्ञापनपत्र बुझाएको पनि महासचिव भुसालले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति टेक्सास र नेकपा ९एमाले० निकट प्रवासी नेपाली मञ्च टेक्सासले पनि कन्सुलर अफिस स्थापनाका लागि राजनीतिक एवं प्रशासनिक रुपमा पहल थालेको स्पष्ट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने