
काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार दुवै घटेको छ । नेप्से सामान्य अंकले घटेको हो ।
नेप्से परिसूचक सोमबार ८ दशमलव ७५ अंकले घटेर २ हजार ६० दशमलव १५ को बिन्दुमा कायम भएको छ । समेबार विभिन्न ३ सय ६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५ सय ५९ कित्ता शेयर १ लाख २ हजार ९ सय ५ पटक किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको कारोबारपछि बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०१, विकास बैंक शून्य दशमलव १०, लगानी र उत्पादन तथा प्रशोधन समूह समान एक दशमलव ०७ र व्यापार समूह शून्य दशमलव ४५ अङ्कले बढेको छ । जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा धेरै १ दशमलव ७२ प्रतिशतको कमी आएको छ ।
वित्त शून्य दशमलव ८०, होटल तथा पर्यटन १ दशमलव ६७, जीवन बीमा१ दशमलव ५८, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ३१, निर्जीवन बीमा शून्य दशमलव ७५ र अन्य समूह शून्य दशमलव ३२ प्रतिशतले घटेको छ ।
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र चिर्खुवा हाइड्रोपावर लिमिटेडकोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य ८ दशमलव ०९ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २० करोड १३ लाख ७३ हजार ६ सय ६२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने मोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ४ लाख ३७ हजार २७ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा