
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाका दोषीलाई कारबाही गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उहाँले छानविनबाट दोषी ठहरिएकालाई कारबाहीको दायरामा ल्याइने प्रतिवद्धता जनाउनुभयो ।
घटनाको निष्पक्ष र वस्तुगत छानविन गर्न सरकारले जाँचबुझ आयोग ऐन, २०२६ अनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरेको जानकारी दिँदै उहाँले आयोगले घटनाको सबै पक्षमा छानविन गर्ने विश्वास दिलाउनुभयो । ‘ घटना अनपेक्षित र दुःखद् घटना हो, दोषीलाई कारबाही हुन्छ । यसप्रकारका घटना नदोहारिन सरकार तयार र थप जिम्मेवार छ’ उहाँले भन्नुभयो– आयोगले विस्तृत अनुसन्धान गर्नेछ, आयोगको सिफारिस कार्यान्वयन गरिनेछ ।’
उपप्रधानमन्त्री श्रेष्ठले मृतकका परिवारलाई आर्थिक सहयोग थप गर्नेबारेमा पनि सरकार परामर्शमा रहेको बताउनुभयो । ‘मृतकका परिवारलाई जनही १० लाख दिने प्रारम्भिक निर्णय हो, इपिएस कोष र वैदेशिक रोजगार बोर्डमार्फत थप सहयोग गरिनेछ’ उहाँले भन्नुभयो । मृतकका परिपवारलाई योग्यता अनुसारको रोजगारी सरकारले नै उपलब्ध गराउने उहाँको भनाई छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा