
मकवानपुर । फाखेल–फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले सवारीसाधन सञ्चालन बन्द गरिएको हो ।
“आजदेखि आगामी फागुन १५ गतेसम्म फाखेल–फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको छ”, इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले रासससँग भन्नुभयो । वैकल्पिक यात्राका लागि हेटौँडा–भीमफेदी कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौँको थानकोट पुग्ने सडक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
सूचना अधिकारी चापागाईका अनुसार वैकल्पिक यात्राका लागि काठमाडौँको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सडक प्रयोग गर्न सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा