
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सीके राउतलाई धोती दिवश मनाउने क्रममा प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको माइतीघर निषेधित क्षेत्रमा धोती लगाएर सोमबार प्रदर्शनमा उत्रिएका अध्यक्ष राउतसहित जनमत पार्टी करिब सय जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म धर्ना, जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ । जनमत पार्टीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको कारण पक्राउ गरिएको हो । अध्यक्ष राउत, पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खान लगायत करिब सय जनालाई पक्राउ गरिएको जनमतका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिनुभएको छ ।
पक्राउ परेका अध्यक्ष राउतसहित जनमत पार्टी कार्यकर्तालाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । ‘मन्त्रीज्यू, पार्टी अध्यक्ष र समितिका सभापतिसहित हामी करिब एक सय जनालाई प्रहरीले पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा ल्याएर राखेको छ । हामी सबै सँगै छौं’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा