
दाङ । बर्दियाको मैना पोखरबाट दाङको चखौरातर्फ आउदै गरेको भे १ ख २०४१ नंं को बस आज विहान दाङको तुलसीपुर १३ दमारगाउँको ओरालोमा दुर्घटना भएको छ । दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार दुर्घटनामा २९ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
उक्त बसमा बर्दियाको बढैयाताल गाउँपालिका ६ को पिपरहवा कृषि समूहका सदस्यहरु वनभोजका लागि चखौरामा रहेको थारु संग्रालय जादै थिए ।
सिकिस्त घाइते ४ जनालाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने २५ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको दाङका प्रहरी प्रमुख केसीले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार बसमा ४० जना सवार थिए ।
बसको ब्रेकफेल भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा