
दार्चुला। दार्चुलाको अपि हिमाल गाउँपालिका—६ का १८ वर्षीय अशोकसिंह धामीको सडकबाट खसेर मृत्यु भएको छ । शुक्रबार (आज) बिहान सडकमा हिडिरहेका बेला अचानक लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
उनी जिल्लाको सिप्टी तपोवन सडकखण्डमा ग्वालेक निर्माण सेवा कम्पनीको बा ३ क४१९८ नम्बरको स्काइभेटर हेल्परका रुपमा काम गदैँ आएका थिए । मृतक धामी सडकबाट लडेर करिब ५ सय मिटर तल खसेका थिए ।
उनको शवलाई अहिले पोष्टमार्टमका लागि लटिनाथ स्वास्थ्य चौकीमा राखिएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा