
काठमाडौँ । एनसेल शेयर बिक्री प्रकरण विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्नुपर्ने लगायतको मागसहित प्रदर्शनमा उत्रिएका २२ जना पक्राउ छन् । शुक्रबार
माइतीघरमा धर्ना बसेका मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पहाडीसहित समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवद्वय रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी र काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी छन् ।
ललितपुर शाखा सभापति मनबहादुर थापा, अधिकारकर्मीहरु सानु लामा, उमा गौतम, बलबहादुर गाहा मगर, जगन्नाथ पुडासैनी, ईश्वर पुडासैनी, विकास थापा, तुलसीराम भण्डारी, मणिराम दाहाल, लक्ष्मण पुडासैनी, वुद्ध अनमोल, मोहीणीप्रसाद आचार्य, र आदर्श क्षेत्री पनि पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । एनसेलको शेयर बिक्री हुँदा कर छली भएको घटनालाई समाजले महाघोटाला र राज्यविरुद्धको अपराध भन्दै प्रदर्शन गरेको हो ।
शान्ति समाजले शेयर बिक्री प्रकरणमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुकै संलग्नताको तथ्य बारम्बार प्रकाशमा आएको भन्दै विश्वसनीय न्यायिक छानविन आयोगको माग गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा