
काठमाडौँ । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज तोलाको १ हजार ३ सय रुपौंया बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघले बिहीबार सुनको मूल्य तोलामा १ लाख २२ हजार रुपौंयामा कायम भएको जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख २० हजार सात सय रुपियाँमा कारोबार भएको थियो ।
यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ४ सय रुपौंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसभन्दा अघि गत मङ्सिर १८ गते सुन प्रतितोला एक लाख २१ हजार ६ सयमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस २ हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपौंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार चार सय ७५ रुपौंयामा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा