
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक बुधबार १७ दशमलव २३ अंकले घटेर २ हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो ।
बुधबार ३ सय ७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता शेयर १ लाख १७ हजार ४ सय ७६ पटक खरिदबिक्री हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ ।
म्युचुअल फन्ड समूह शून्य दशमलव ५३ र निर्जीवन बीमा समूह १ दशमलव १६ प्रतिशतले बढेका छन् । अन्य समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा २ दशमलव ३२ प्रतिशतले कमी देखिएको छ ।
चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र चिर्खवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
कारोबार रकमका आधारमा बुधबार सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १९ करोड ६६ लाख ६४ हजार सय ९३ रुपैयाँ बराबरको कारोबार भएको छ । , कारोबार भएका शेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ५ लाख ७ हजार ७ सय ७५ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा