
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताउनुभएको छ ।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को शुभकामना सन्देश दिनुहुँदै उहाँले ज्येष्ठ नागरिकसँग रहेको अन्तर्निहित ज्ञान, सीप र अनुभवबाट नयाँ पुस्ताले जीवनोपयोगी शिक्षा ग्रहण गरी समाजको अग्रगति तथा मुलुकको विकासमा सदुपयोग गर्न सकिने बताउनुभएको छ ।
सन्देशमा उहाँले बितेका केही दशकयता जीविकोपार्जनमा आएको परिवर्तन, फेरिएको जीवन पद्धति, आप्रवासन आदिका कारण हाम्रो पारिवारिक संरचनामा समेत अभूतपूर्व परिवर्तन देखिन थालेका बताउनुभएको छ । ठूलो आकारको संयुक्त परिवारको सट्टा सानो एकल परिवारमा बस्ने प्रचलन बढ्दै गएको सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।
सन्देशमा उहाँले भन्नुभएको छ– ‘यस्तो परिवेशमा आर्थिक, सामाजिक र मानसिक रूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महसुस हुँदैछ, पूर्वीय संस्कृतिमा आधारित हाम्रो परिवार प्रणाली, मूल्य मान्यता, संस्कार र संस्कृतिलाई बचाउँदै जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित जीवनलाई सुनिश्चित गर्ने परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक रहेको छ ।’
ज्येष्ठ नागरिकलाई २०५१ साल पुस ११ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएको हो । त्यो ऐतिहासिक दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रूपमा मनाउन थालिएको यो तेस्रो वर्ष हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा