
काभ्रे । नमोबुद्ध नगरपालिकामा कोठा तताउन फलामको कराइमा आगो बालेर सुत्दा पूर्व वडाअध्यक्षको मृत्यु भएको छ ।
कोठा तताउन कराइमा आगो बालेर निदाउँदा नगरपालिकाको वडा नम्बर १ का पूर्व अध्यक्ष ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको हो । कर्मा ग्याल्बोसँगै सुतेकी पत्नी ८१ पर्षीया असनी लामालाई भने बेहोस अवस्थामा अस्पताल भर्ना गरी उपचार भइरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार राति खाना खाएपछि कोठा न्यानो पार्न हिटर र फलामको कराइमा आगो बालेर उनीहरु सुतेका थिए । बिहान अबेरसम्म पनि नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुवै जना बेहोस अवस्थामा भेटिए । तत्काल धुलिखेल अस्पताल पुर्याइएकामा कर्मालाई केहीबेरमा अस्पतालले मृत घोषणा गरेको हो ।
कर्मा ग्याल्बो पत्नीको भने उपचार भइरहेको र अवस्था मध्यम रहेको काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा