
झापा । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल पत्रकार महासंघ झापाको ३५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा उहाँले मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो ।
विकसित मुलुकमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरुले खेलेको भूमिका महत्त्वपूर्ण हुने उपसभामुख रानामगरको भनाई । ‘हरेक क्षेत्रमा सुशासन कायम गर्न आँट र विश्वासका साथ पत्रकारहरुलाई अघि बढ्न म आग्रह गर्दछु’ उहाँले भन्नुभयो– लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्त्वपूर्ण छ ।’ उहाँले कानुन मात्र बनाएर सुशासन नआउने भन्दै सोको कार्यान्वयनको पक्ष मजबुद हुनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थापक सचिव तारा बराल, सदस्य गोविन्दचन्द क्षेत्री र मोहन ढुङ्गानालाई सम्मान गरिएको छ । उहाँहरुलाई प्रमुख अतिथि रानामगरले सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा विभिन्न दाताले पत्रकार सहारा उपचार कोषका लागि १० लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।
कार्यक्रममा सम्मानित एवं संस्थापक सचिव बराल र कोषमा सहयोगकर्ता विनोद बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष सुशीला संग्रौला औचित्यमाथि प्रकाश उपाध्यक्ष केशव भट्टराई र सञ्चालन सचिव डिकेश लामाले गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा