
काठमाडौँ । सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलान गरेका मृतक आरती साहका श्रीमान् मोतीबाबु साह जनकपुरबाट पक्राउ परेका छन् । साहलाई जनकपुरको सीता चोकमा रहेको होटल सगुन प्लाजाबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।
नेपाल भारत सीमा क्षेत्रमा लुकेर प्रहरीलाई झुक्याउँदै आएका मोतीबाबुलाई सोमवार विशेष सूचनाका आधारमा पक्राउ गरिएको एसपी शर्माले बताउनुभयो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अदालतको आदेश आएपछि कारागार पठाइने प्रहरीले जनाएको छ ।
गएको जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोककी २२ वर्षीया आरती साहको शङ्कास्पद मृत्यु भएको थियो । आरतीका श्रीमान् र आफन्तले आत्महत्या भएको दाबी गरेका थिए । प्रहरीले आरतीका माइती पक्षले दिएको जाहेरीसमेत लिन मानेको थिएन । तर उनीहरू न्याय माग्दै काठमाण्डौ आएपछि जिल्ला अदालतमा आरतीका श्रीमान् र घरका सदस्यविरुद्ध मुद्दा दर्ता भयो । धनुषा जिल्ला अदालतले उनका पति मोतीबाबु र ससुरा मदनमोहन साहलाई पुर्पक्षका लागि कारागार पठाइदिए पनि उच्च अदालतले उनीहरूलाई कारागारमुक्त गरिदिएको थियो । त्यसपछि आरतीका माइती पक्षले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएपछि सर्वोच्चले उच्च अदालतको फैसला उल्टाउँदै कारागार चलान गर्न आदेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा