
काठमाडौँ । साताको पहिलो कारोबारमै शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से २१ दशमलव शून्य ३ अंकले घटेर २ हजार ८८ दशमलव शून्य ७ विन्दुमा झरेको छ ।
आइतबार हाइड्रोपावर, बीमा र अन्य बाहेक अरू समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, व्यापार, होटल तथा पर्यटन, विकास बैंक र फाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।
ज्योति विकास बैंक बोन्ड २०८७ र नेपाल रिपब्लिक मिडिया लिमेटेडको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आइतबार ५ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
आइतबार १ करोड ८५ लाख कित्ता शेयर ७ अर्ब ११ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा