
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि पोखरामा मकैको खोयाले प्रहार भएको छ । पोखराको अमरसिंहचौरस्थित खेल मैदानमा पार्टीको आमसभालाई सम्बोधन गरिरहेको समयमा लामिछानेमाथि एक युवकले मकैको खोया प्रहार गरेका थिए ।
रवि लामिछाने बोल्दै गर्दा अगाडीबाट ती मकैको खोयाले प्रहार गरेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
रवि लामिछानेलाई प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको हुनसक्ने अनुमान गरेको छ । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले खोया प्रहार गर्ने लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताउनु भयो ।
रवि लामिछाने माथि प्रहार भएपछि रास्वपाका कार्यकर्ताले रानाभाट माथि आक्रमण गरेका थिए । कार्यकर्ताको आक्रमणबाट बचाउन उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर