
काठमाडौँ । मुगुमा स्वास्थ्य चौकी इन्चार्जबाटै त्यहाँ कार्यरत अनमीमाथि जातीय विभेद भएको छ । मुगुको सोरु गाउँपालिकास्थित खनाया स्वास्थ्य चौकीका इन्चार्ज सुरतकुमार शाहीले त्यहाँ कार्यरत अनमी तुलसाकुमारी विश्वकर्माप्रति विभेद गरेका हुन् ।
अनमी तुलसाकुमारी स्वास्थ्य चौकीका इन्चार्ज शाहीको घरमा बस्दै आउनुभएको थियो । शाहीले अनमी तुलसाकुमारीलाई पुस ३ गते घरबाट निकालेका हुन् । ‘स्वास्थ्य चौकीका इन्चार्ज शाहीले अनमी तुलसाकुमारीलाई दलित भएको कारण गएको मंसिरदेखि नै विभेदपूर्ण व्यवहार गर्दै आएको र पछि घर निकाला गरेको’ भन्दै दलित महिला संघ (फेडो)ले आपप्ति जनाएको छ ।
गाउँका गैरदलितले ‘दलित स्वास्थ्यकर्मी छोएको औषधि नखाने’ भन्दै चरम जातीय विभेद गरेको नेपालकैरनको सम्पर्कमा आउनुभएकी विश्वकर्माले बताउनुभयो । यसबारे समस्या राख्दा गाउँपालिकाका कर्मचारीले समेत बेवास्ता गरेको तुलसाकुमारीको गुनासो छ ।
फेडोले घटनाप्रति आपत्ति जनाउँदै सरकारी निकायमा कार्यरत कर्मचारी र शाहीको परिवार तथा समुदायबाटै गरिएको जातीय विभेदको विरोध जनाएको छ । फेडोकी महासचिव रेनु सिजापतीले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गर्नुभएको छ ।
‘जातका आधारमा भएको यो भेदभावपूर्ण र घृणितकार्य नेपालको संविधान र लोकतन्त्रमाथिको ठाडो प्रहार भएको छ । दलित महिलामाथि भएको यस्तो विभेदपूर्ण घटनाले राज्यलाई संविधान कार्यन्वयनमा चुनौती थपिएको महशुस भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
नेपालको संविधानको प्रस्तावनामा नै जातीय तथा लैंगिक भेदभाव अन्त्यको संकल्प गरेको छ । फेडोले नेपाल सरकारको नीति तथा कार्यक्रममा सबै प्रकारका हिंसा, शोषण विभेद र दुर्व्यवहार अन्त्य गरिनेछ भनेर सम्बोधन गरिएको अवस्थामा स्वाथ्यकर्मी तुलसाकुमारीमाथि भएको जातीय विभेदको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन