
चितवन। भरतपुर भ्रमण वर्ष स्थगित भएको छ । भरतपुर महानगरपालिकाले सन् २०२४ मा गर्ने भनिएको भरतपुर भ्रमण वर्ष अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।
महानगरपालिकाको शुक्रबारको कार्यपालिका बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको छ । महानगरपालिकाले तयारी नपुगेको, मुख्य सडकको पूर्वाधार निर्माणको काम नसकिएकोले हाललाई भ्रमण वर्ष स्थगित गर्नुपरेको जनाएको छ ।
नारायणगढ गोन्द्राग सडकखण्ड विस्तारको काम नसकिएको, मुग्लिन नारायणणढ सडकखण्ड पनि दिउँसो ४ घण्टा बन्द गर्ने तयारी गरिएको तथा महानगरकै पनि आफ्नो तयारी पूरा नभएकोले भ्रमण वर्ष हाललाई स्थगित गरिएको महानगरपालिकाले उल्लेख गरेको छ ।
महानगरपालिकाले यसअघि पुस १४ गते अर्थात जनवरी १ तारिकको दिनमा भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गरेको थियो । नारायणी नदी किनारमा प्रधानमन्त्रीबाट भ्रमण वर्षको शुभारम्भ गर्ने निर्णय गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन