
उदयपुर । उदयपुरको उत्तरपश्चिमी पहाडी भेगको ताप्ली गाउँपालिका–१ ओख्ले डाँडागाउँमा डढेलो गाउँ पस्दा स्थानीयको घरगोठ जलेर खरानी भएको छ । बनमा आज लागेको डढेलोले स्थानीय रमेश मगरको घरगोठ जलेर खरानी भएको हो ।
ताप्ली–१ ओख्लेका वडाध्यक्ष उद्धव हमालका अनुसार गाउँ नजिकैको सल्लाघारी वनमा आगलागी भएको हो । उहाँले भन्नुभयो, “घरको अन्नपात, भाँडाकुँडालगायत सामग्री जलेर नष्ट भएको छ ।” वन क्षेत्रमा लागेको डढेलो बेस्सरी हावा चल्दा गाउँमा पसेको उहाँले बताउनुभयो । डढेलोका कारण अन्य घर पनि जोखिममा रहेका वडाध्यक्ष हमालले बताउनुभयो ।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न प्रहरीचौकी रुपाटारबाट टोली घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभास राईले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह