
काठमाडौँ । नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेनाबीच संयुक्त तालिम ‘एक्स ब्यालेन्स नेल’ प्रारम्भ भएको छ । विसं २०६० देखि सञ्चालन हुँदै आएको तालिमकोे यो ४१औँ संस्करण हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त तालिममा नेपाली सेनाबाट ३६ जना तथा अमेरिकी सेनाका १० जना गरी जम्मा ४६ जना सम्मिलित छन् छन् । उक्त तालिममा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायत विषयमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा आगमी फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, मङ्गोलिया, इण्डोनेसियालगायत देशका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतङ्कवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसङ्घीय ‘शान्ति मिसन’ लगायत विषयमा संयुक्त अभ्यासमा सहभागी हुँदै आएको छ ।
संयुक्त अभ्यासका क्रममा आगामी फागुन ८ गतेदेखि २१ गतेसम्म वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा गमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह