
काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ ।
ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उहाँका स्वकीय सचिव गणेश योङहाले जानकारी दिनुभएको छ । ‘उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन । उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ’ योङहाले भन्नुभयो – ‘सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।’
अस्पतालमा सांसद नेम्बाङको फिजियोथेरापी नियमित भइरहेको छ । डा गोपालरमण शर्माको नेतृत्वमा डा बाबुराम पोखरेल, डा प्रसन्ना कार्की लगायतका चिकित्सकको समूहले उहाँको उपचार गरिरहनुभएको छ । माघ १७ गते ताप्लेजुङ गएकाबेला उहाँलाई ‘ब्रेन स्ट्रोक’ भएपछि त्यही दिन उपचारका लागि काठमाडौँ ल्याइएको हो ।
एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका नेम्बाङ पाँचथरबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह