
काठमाडौँ। यस वर्षको ‘गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान’ समाजवादी प्रेस संगठन, नेपालका महासचिव रामकुमार एलनलाई प्रदान गरिने भएको छ।
झरना साहित्यिक परिवार बकैया मकवानपुरले गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान २०८० पत्रकार एलनलाई प्रदान गर्ने निर्णय गरेको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभाग सदस्य रहनु भएका एलन मधेशदृष्टि दैनिकको सम्पादक हुनुहुन्छ
पत्रकार गोकर्ण गौतमको स्मृतिमा स्थापना गरिएको पुरस्कार ताम्रपत्रसहित ११ हजार १ सय ११ रुपैयाँ राशीको रहेको झरना साहित्यिक परिवारले जनाएको छ । संस्थाका सचिव मसान उपासकका अनुसार पुरस्कार फागुन १२ गते प्रदान गरिने छ। ‘यो वर्षको पुरस्कार पत्रकार रामकुमार एलनलाई प्रदान गर्ने संस्थाले निर्णय गरेको छ’ सचिव उपासकले भन्नुभभयो– ‘फागुन ११ र १२ गते बकैया साहित्य महोत्सव २०८० का अवसरमा पुरस्कार प्रदान गर्ने तयारीमा छौं। महोत्सवको पहिलो दिन बालबालिकाहरूको उपस्थिति रहन्छ भने दोस्रो दिन सबै उमेका साहित्य अनुरागीहरूको सहभागिता रहने छ।’
महोत्सवको पहिलो दिन बकैया गाउँपालिका मकवानपुरका उपाध्यक्ष भक्त बहादुर खत्री र दोस्रो दिन पालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतित्थ्यता रहेन सचिव उपासकले जानकारी दिनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह