
काठमाडौँ । नेपाली यू-१९ राष्ट्रिय पुरुष क्रिकेट टोली आइसीसी यू-१९ विश्वकपमा सहभागिता जनाएर स्वदेश फर्किएको छ ।
समूह चरण पार गरेर सुपर सिक्स खेलेको नेपाली टोली सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । आइसीसी यू-१९ विश्वकपमा नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्स यात्रा तय गरेको थियो । त्यसअघि न्युजिल्यान्ड र पाकिस्तानसंग नेपाल पराजित भएको थियो ।
सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग हार बेहोरेको थियो । तर समग्र विश्वकपमा भने नेपाल ११ औं स्थानमा रह्यो । सुपर सिक्स नपुगेको अफगानिस्तान र जिम्बावेलाई नेपालले पछि पारेको हो ।
विश्वकपमा नेपाल सम्मिलित सुपर सिक्सको समूह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुग्दा अर्को समूहबाट अष्ट्रेलिया र दक्षिण अफ्रीका अघि बढेका छन् ।
सेमिफाइनलमा भारत र दक्षिण अफ्रीका तथा पाकिस्तान र अष्ट्रेलिया खेल्दैछन् । आइसीसी यू-१९ विश्वकपको फाइनल खेल आगामी आइतबर हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह