
काठमाडौँ । रानीपोखरीस्थित शान्ति वाटिकामा धर्नामा बसेकाहरुलाई काठमाडौं महानगरीय प्रहरीले लखेटेको छ ।
शान्ति वाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए । महानगरीय प्रहरीले धर्नामा बसेकाहरुलाई मंगलबार बिहान लछारपछार गर्दै उनीहरुले पकाएको भात समेत फालिदिएर त्यहाँबाट लखेटेको हो ।
मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिको केन्द्रीय सदस्य आकाश क्षेत्रीले महानगरीय प्रहरील आफूहरुलाई पाकेको भात समेत खान नदिएर दुर्व्यवहार गर्दै लखेटेको दुखेसो सुनाउनुभएको छ ।
‘हामी करिब २५ जना बसिरहेका थियौँ’ उहाँले भन्नुभयो– आज बिहान करिब साढे ८ बजेतिर महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरीहरु आएर हाम्रो सामान फालिदियो । पकाएको भात पनि खान दिएन । दुर्व्यवहार पनि गर्यो ।’
मिटरब्याज पीडित, आरती साहको परिवार यसअघि माइतीघरमा धर्ना बसेका थिए । प्रशासनले माइतीघरलाई प्रदर्शन निषेधित क्षेत्र घोषणा गरेपछि प्रहरीले हटाएको हो । उनीहरुले त्यसपछि शान्ति वाटिकालाई धर्नास्थल बनाएका हुन् ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले धर्नाकारीहरु शान्ति बाटिकामा महिनौदेखि बसेर फोहर गर्न थालेपछि हटाउनु परेको बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह