
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीका सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ । नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको लामो समयदेखि मर्मत हुन नसक्दा जीर्ण बनेका थिए ।
मर्मतसँगै सीमा स्तम्भ रङरोगन गरिएको छ । नेपाल र भारतका सीमा सुरक्षा निकायले स्तम्भ मर्मत र रङरोगन गर्न थालिएका हुन् । पश्चिम नवलपरासीको भारतसँग जोडिएका १६ स्तम्भ रङरोगन थालिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख प्रहरी उपरीक्षक धीरेन्द्रराज न्यौपानेले बताउनुभयो ।
“जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरका स्तम्भ नेपालले मर्मत गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो । पश्चिम नवलपरासीमा सुस्तादेखी पाल्हीनन्दन गाउँपालिकाको गेर्मीसम्म ४१ किलोमिटर लामो सीमा छ । सुस्ताको १४ किमि क्षेत्रफलले भारतको बिहार प्रदेशलाई छोएको छ । अहिले साढे २७ किमि क्षेत्रफलमा रहेका १३ मुख्य र तीन सहायक गरी १६ स्तम्भको मर्मत र रङरोगन कार्य सुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह