
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरेको छ ।
‘घरायसी’ कारण देखाउँदै उहाँले गत शनिबार राजीनामा दिनुभएको थियो ।प्रहरी प्रधान कार्यालय, मानव स्रोत विभाग पुगेको डीआईजी चन्दको राजीनामा पत्र रितपूर्वक नभएकाले फिर्ता गरिदिएको प्रहरी स्रोतले जनाएको छ ।
सोमबार प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले डीआईजी चन्दसंग छलफल गरेर राजीनामा नदिन सुझाव दिनुभएको थियो ।
विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि डीआईजी चन्द रुष्ट बन्नुभएको थियो ।
२९ वर्ष प्रहरी सेवामा बिताएर अवकास हुन केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै आईजीपी कुँवरले उहाँलाई निर्णय फिर्ता लिन आग्रह गर्नुभएको थियो । डीआईजी चन्द कुँवरकै ब्याचमेट हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले