
डडेल्धुरा । अमरगढी नगरपालिकामा आगो ताप्दा सासू बुहारीको मृत्यु भएको छ । अमरगढी–१ मालममा आइतबार राति आगो ताप्ने क्रममा निसास्सिएर ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको हो ।
सासू बुहारी उनीहरुको कोइलाका कारण निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । त्यही आगोको कोइलाका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा सोमबार बिहान अस्पताल पु¥याइएको थियो । अस्पतालमा चिकित्सकले तत्कालै मृत घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले