
काठमाडौँ । आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ ।
सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा आज प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ८६ हजार रुपैयाँ कारोबार भएको सुन आज १ लाख ८४ हजार ३ सय रुपैयाँमा झरेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २ सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा