
काठमाडौँ । केही तरकारीको थोक मूल्य अघिल्लो कारोबारको तुलनामा आज बढेको छ । बजारमा पाइने विभिन्न तरकारी मध्ये भिण्डी, काँक्रो, भेडे खुसर्सानी, हरियो लसुन र कन्य च्याउको मूल्य बढेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हरियो लसुनको मूल्य अत्यधिक बढेको छ । सोमबार ५५ रुपैयाँ किलो कारोबार भएको लसुनको मूल्य मंगलबार ८५ रुपैयाँ पुगेको छ ।
भिण्डीको मूल्य प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ । भिण्डी सोमबार प्रतिकिलो मूल्य ६५ रुपैया थियो । आज हाइब्रिड काँक्रो किलोमा १० रुपैयाँ बढेर ४५ पुगेको छ ।
आज भेडे खुर्सानी ९० बाट बढेर प्रतिकिलो १ सय ५ रुपैयाँ भएको छ । कन्य च्याउको मूल्य समेत बढेको छ । कन्य च्याउ प्रतिकिलो मूल्य १ सय ५० रुपैयाँबाट बढेर १ सय ५६ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा