
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीर्थकङ्र भगवान् महावीरको २६२४औँ जन्मदिवसमा शुभकामना दिँदै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ– ‘नेपाल जैन परिषद्को आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहभागितामा महावीरको २६२४औँ जन्मदिवसलाई अहिंसा दिवसका रूपमा मनाउन लागिएको छ । यस अवसरमा खुसी व्यक्त गर्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।’
जैन दर्शन प्राचीन दर्शनमध्ये एक भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मानवीय मूल्यमा आधारित दर्शनले व्यक्तिको जन्म र मृत्युको क्रमबाट मुक्त हुनुपर्ने धारणा राख्दै व्यक्ति सांसारिक विषयबाट बन्धनमा रहने र यसबाट मुक्त हुनुपर्ने मान्यता उल्लेख गर्नुभएको छ ।
आध्यात्मिक अनुभवमार्फत यसले स्वतन्त्र व्यक्तित्व वा सम्पूर्णता प्राप्त हुने उहाँको भनाइ छ । ‘वेदको प्रामाणिकतालाई विश्वास नगरी सांसारिक कर्मबाट मुक्ति र सम्यक प्रषार्थ जैन दर्शनको मौलिक मान्यता हो, संसारमा दुःख रहेको र दुःखको मूल कारण कर्मलाई यस दर्शनले मान्ने गरेको छ’ उहाँले भन्नुभएको छ । रोग, द्वेष, मोह आदि विकार तत्त्वमाथि विजय प्राप्त गरेर तीर्थकङ्र बन्न सकिने धारणा यस दर्शनमा रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
त्यही अवसरमा गृहमन्त्री रमेश लेखकले पनि तीर्थकङ्र भगवान् महावीर स्वामीको जन्मजयन्ती अवसरमा सम्पूर्ण जैन समुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
भगवान् महावीरले मानव जातिलाई अहिंसा, सत्य, अपरिग्रह, ब्रह्मचर्य र अस्तेयजस्ता उच्च नैतिक आदर्श प्रदान गर्नुभएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भगवान् महावीको मार्गदर्शनले समाजमा शान्ति, सहिष्णुता र सद्भाव फैलाउँदै विश्वशान्तिको स्थापना गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा