
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ नयाँ केन्द्रीय कार्यसमितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्रले दोब्बर अङ्कले अग्रता लिनुभएको छ ।
नेपाल बार एसोसिएसन निर्वाचन–२०८१ का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार ६ हजार मत गणना गर्दा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा डा मिश्रले तीन हजार तीन सय ६९ मत र अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले एक हजार पाँच सय ४१ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले तीन हजार दुईसय ५४ मत र यज्ञमणि न्यौपानेले एक हजार तीनसय ९९ मत प्राप्त गर्नुभएको छ । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । सोमबार १२ बजेदेखि मतगणना सुरु गरिएको थियोे । बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९९७ मतदाता रहेकामा सात हजार ९९५ (८० प्रतिशत) मत खसेको थियो । कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।
बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियोे । मतगणना जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा