
काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट तथा छलफल गरेको छ ।
आज एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तसहितको टोलीले शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गर्दै फोटो पत्रकारहरूको सुरक्षा चुनौती लगायतका विषयमा छलफल गरेको हो ।
भेटघाटमा राष्ट्रपति पौडेलले भन्नुभयो– ‘तपाइँहरूले खिच्नुभएका तस्बिरले समाजमा सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसकारण, राज्यले तपाइँहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्ने छ ।’
त्यस क्रममा अध्यक्ष वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न जीवन बिमालगायतका सुविधा उपलब्ध गराउन पहल गरिदिन राष्ट्रपति पौडेललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरू उच्च जोखिममा रहेर काम गर्नु परिरहेको बाध्यात्मक अवस्था छ । राज्यले सबैलाई सुरक्षाको सुनिश्चितता गर्दै जीवन बिमालगायतको सुविधा उपलब्ध गराउनुपर्छ ।’
राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरताका साथ लिएको र यसका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको महासचिव घनश्याम श्रेष्ठले बताउनुभयो । एनएफपिजे नेपालले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा वैशाख १३ गते गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५ को प्रमुख अतिथिका रुपमा सहभागी भई दिन राष्ट्रपतिलाई आग्रह गरेको छ ।
भेटघाटमा एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ, उपाध्यक्ष सुनिल शर्मा, महिला उपाध्यक्ष चन्द्रकला क्षेत्री, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रवीन कुलुङ राई, कोषाध्यक्ष प्रदीप कुमार श्रेष्ठलगायत अन्य केन्द्रीय सदस्यहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा