
काठमाडौँ । बौद्ध तामाङ कल्याण गुठीको आयोजनामा चैत २९ गते विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा ‘राष्ट्रिय बौद्ध तेमाल जात्रा’ हुने भएको छ ।
चैत पूर्णिमाको अघिल्लो दिन मनाइने सो जात्रामा श्रद्धालु भक्तजनले रातभरि नै जाग्राम बसेर आफ्ना पितृको स्मरणमा बत्ति बालेर गुरुद्वारा पूजापाठ गर्ने आयोजक संस्थाका अध्यक्ष जनमङ्गल लामाले जानकारी दिनुभएको छ ।
यो जात्रामा विशेषगरी काभ्रेपलाञ्चोकको तिमाल क्षेत्रका तामाङलगायत मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट तामाङ समुदायको उपस्थिति रहनेछ । तिमाल जात्रा मनाउन भारत, भूटान र बर्माबाट समेत भक्तजन आउने आयोजक समितिले जनाएको छ ।
मृतकको आत्माको चिरशान्तिको कामनासहित परापूर्वकालदेखि नै बौद्ध तिमाल जात्रा मनाउन थालिएको लामाले जानकारी दिनुभयो । विसं १८१९ मा तिमालका अन्तिम तामाङ राजा रिन्जिल दार्जे बलले चैत पूर्णिमालाई राजकीय चाडको मान्यता दिएको र तिमाल जात्रा सम्पन्न गर्न आफ्ना जनतालाई पठाउने गरेको जनश्रुति रहेको उहाँको भनाइ छ ।
मेलामा नेपाल र विदेशबाट करिब ६० हजार भक्तजन सहभागिता रहने अपेक्षा गरिएको छ । तेमाल जात्रा तामाङ समुदायका विभिन्न चाडपर्व, उत्सव वा पूजामध्ये प्राचीन समयदेखि मनाउँदै आइरहेको प्रमुख पर्व भएको लामाले जानकारी दिनुभएको छ ।
काभ्रेको तेमाल क्षेत्रका तामाङ आफ्ना दिवङ्गत आत्मको चिरशान्तिका निम्ति बौद्ध महाचैत्यमा आई विशेष पूजाआजा गर्ने भएकाले यस जात्राको नाम तेमाल जात्रा रहन गएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा