
काठमाडौँ । मुलुकमा मातृ र नवजात शिशु मृत्यदर घटाउन राज्यलाई सफलता मिलेको छ । हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा नेपाल सरकारको सफलता उल्लेख छ ।
नेपालमा प्रतिलाख जीवित जन्ममा १४२ जना आमाको मृत्यु हुने गरेको छ । सन् २००० को तुलनामा यो ७१ प्रतिशतले कम हो । राष्ट्रिय जनगणना २०७८ मा एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने गरेको उल्लेख थियो ।
प्रतिवेदनअनुसार नवजात शिशु मृत्युदर घटेर प्रतिएक हजारमा १६.६ जना पुगेको छ । आर्थिक सर्वेक्षण २०७९/८० मा नवजात शिशुमृत्युदर प्रतिएक हजारमा २१ रहेको थियो । सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ प्रतिशतले झार्ने लक्ष्य छ ।
मातृ तथा नवजात शिशुमृत्युदर घटाउन उल्लेखनीय प्रगति भए पनि प्रदेश र जिल्लाबीचका स्वास्थ्य असमानताले धेरै महिला गुणस्तरीय प्रसूति सेवाको पहुँचबाट वञ्चित भएका प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनअनुसार सन् २००० देखि २०२३ सम्ममा मातृ मृत्युमा विश्वव्यापी रूपमा ४० प्रतिशतले कमी आएको छ । सन् २०१६ पछि सुधारको गति सुस्त भएको छ । सन् २०२३ मा २ लाख ६० हजार महिलाले गर्भावस्था वा प्रसूति हुने क्रममा जटिलताका कारण ज्यान गुमाएका छन् ।
विश्वव्यापी रूपमा मातृ मृत्युदर हरेक वर्ष करिब १५ प्रतिशतले घट्नुपर्छ तर हाल वार्षिक रुपमा यो करिब १।५ प्रतिशतले मात्र घटिरहेको प्रतिवदेनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा