
धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
आज जनकपुरधामस्थित आफ्नो निवासमा आयोजित बैठकमा निधिले आगामी कार्ययोजना र क्षेत्रीय सङ्गठन मजबुत बनाउनका लागि केही नयाँ रणनीति अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बैठकमा नेपाली कांग्रेसको भविष्यमा सफलताका लागि पार्टीको संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन महत्वपूर्ण रहेको समेत बताउनुभयो ।
‘नेपाली कांग्रेसको अब गाउँ, नगर र जिल्लामा महत्वपूर्ण भूमिका छ, हामीले जनतासम्म पुग्नका लागि पार्टी संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन आवश्यक छ’ नेता निधिले भन्नुभयो । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले पार्टीको एकता र सङ्गठनलाई बलियो बनाउन निरन्तर संवाद र सहकार्यको आवश्यकता रहेकोे बताउनुभयो ।
उहाँले पार्टीको वर्तमान स्थिति र आगामी चुनावका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गर्नुभयो । ‘मधेसमा पार्टीको उपस्थिति बलियो बनाउनु हाम्रो प्राथमिकता हो, यसका लागि हाम्रा नेता र कार्यकर्ताले यथासम्भव जनताको समस्यासँग जुध्न आवश्यक छ’ उहाँले भन्नुभयो ।
प्रदेशसभा सदस्य रामसरोज यादवले मधेस प्रदेशका विभिन्न विकास योजनाको प्रगति र सम्भावनाका बारेमा आफ्ना विचार व्यक्त गर्नुभयो । मधेसको विकासमा कांग्रेसको भूमिका र योगदानको महत्वलाई रेखाङ्कित गर्दै आगामी समयका चुनौतीलाई स्वीकार्दै पार्टीलाई सशक्त बनाउन सबैलाई एकताबद्ध भएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
बैठकमा कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक कुँवरकान्त झाले पार्टीको क्षेत्रीय विकास योजनामा सक्रियता र प्रभावकारिता थप बढाउनुपर्नेमा जोड दिनुभयो । बैठकमा सहभागी नेताहरूले आगामी स्थानीय, प्रदेश र सङ्घीय चुनावमा पार्टीको विजयी दृष्टिकोण राख्दै जनसङ्गठनको प्रभावकारी विस्तारमा ध्यान दिनुपर्नेमा सहमति जनाएका छन् ।
बैठकमा कांग्रेसका केन्द्रीय सहमहामन्त्री यादव, पूर्वमन्त्री र मधेस प्रदेशसभा सदस्य, कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक झा, जिल्ला अध्यक्ष योगेन्द्र पञ्जियार, जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति एवं नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहलगायत क्षेत्रीय, जिल्ला तथा नगरका नेताहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा