
अछाम । अछाममा नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ परेका छन् । कीर्ते कागजात बनाएर फडानी गरेको आरोपमा कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिका सचिव छत्रराज तिमल्सेना पक्राउ परेका हुन् ।
तिमल्सेनाले पाँचुल्ली चैतेपातल सामुदायिक वन उपभोक्ता समितिको नाममा नक्कली कागजात बनाई वन डिभिजन कार्यालय मङ्गलसेनबाट चोत्रो (डाँठ, पात, बोक्रा) पैदावार बिक्री गर्ने अनुमति लिएर फडानी गरेको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले जानकारी दिनुभएको छ ।
उहाँले पक्राउ परेका तिमल्सेनालाई डिभिजन वन कार्यालयको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धानको प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो । वन ऐन, २०७६ अनुसार २ लाख रुपैयाँ भन्दा बढी बिगो भएको र एक वर्षभन्दा बढी कैद हुने अवस्थाका मुद्दा अदालतमा जाने र अन्य मुद्दा वन डिभिजनले नै हेर्ने कानुनी व्यवस्था रहेको छ ।
सामुदायिक वनबाट चार हजार किलो चोत्रो (डाँठ, पात, बोक्रा) फडानी गरिएको छ । चोत्रो (डाँठ, पात, बोक्रा) को प्रतिकिलो १० रुपौँ बिगो हुने भएकाले ४० हजार रुपैयाँ जरिवाना हुने र अनुसन्धानमा केही थप देखिएमा सोही दफाअनुसार कारबाही हुने पाध्यायको भनाइ छ ।
नक्कली कागजात तयार पारेर वन पैदावरको अनुमति लिनका लागि अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा