
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको छ । सोमबार काठमाडौँमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बल्खुमा हुने आमसभालाई शान्तिपूर्ण बनाउन हजारौँ स्वयंसेवक खटाउने र आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको हो ।
बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाइ रोक्न हजारौँ स्वयंसेवक खटाइने बताए । उनले मंगलबार ९ बजेबाटै कार्यक्रमस्थल स्वयंसेवकको नियन्त्रणमा हुने बताए ।
राज्यपक्ष वा कसैबाट घुसपैठ र हिंसा भड्काउने प्रयास भए ठाउँको ठाउँ कारबाहीको व्यवस्था मिलाएको उनले उल्लेख गरे । अध्यक्ष लिङ्देनले चैत्र १५ गते भएको प्रदर्शनमा पनि आयोजकभन्दा पनि राज्यपक्ष हिंसा भड्काउन उद्यत देखिएको जिकिर गरे ।
राप्रपा हिंसामा विश्वास नगर्ने भएकाले आफ्नो पार्टीले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने उनले बताए । उनले राप्रपाले आयोजना गर्न लागेको आमसभामा सहभागी हुन अपिल समेत गरे ।
आफ्ना कुनै नेतालाई पक्राउ गर्दैमा आफूहरूको आन्दोलन कमजोर नहुने भन्दै लिङ्देनले आफूलाई पक्राउ गरे आन्दोलन अझ निर्णायक हुने चेतावनी दिए ।
गत १५ गतेको राजावादी आन्दोलनका क्रममा अराजक गतिविपिध गरेको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा पक्राउ परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा