
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षकका समस्या समाधान गर्न आग्रह गरेको छ । एकीकृत समाजवादीले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको हो ।
समाजवादीले शिक्षकको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रका जायज माग पुरा गरी सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग समेत गरेको छ । ‘यस आन्दोलनबाट शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ, पठनपाठन बन्द भएको अवस्था छ र एसइईको उत्तरपुस्तिका परीक्षण प्रभावित बन्न पुगेको छ, यो राज्यको निम्ति एकदमै गम्भीर विषय हो, शिक्षकको यस आन्दोलनप्रति हाम्रो पार्टी एक्यवद्धता जनाउन चाहन्छ’ पार्टीका उपमहासचिव रामकुमार भट्टराईद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ ।
देशभरिका शिक्षक नेपाल शिक्षक महासङ्घको नेतृत्वमा चैत्र २० गतेदेखि काठमाडौँडौमा आन्दोलनरत छन् । उनीहरुले विद्यालयका कर्मचारीले गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै काठमाडौँको माइतीघरमा आन्दोलन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा