
ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालमा मानव संसाधन विकासका लागि एसोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेसन एन्ड सस्टेनेबल पार्टनरसिप (एओटिएस) जापानको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
एओटिएस जापान नेपाल एलुम्नाई सोसाइटीको आयोजनामा आज यहाँ भएको साउथ एसियन फेडरेसन अफ एओटिएस एलुम्नाई सोसाइटी फेडेरेसनको १४औँ अधिवेशन उद्घाटन सत्रमा उहाँले नेपालमा मानव संसाधन विकासका साथै जनशक्तिको गुणस्तर, व्यवस्थापन, प्रविधि तथा औद्योगिक विकासका क्षेत्रमा एओटिएस जापानले विगत ३४ वर्षदेखि स्वयंसेवी रूपमा योगदान दिँदै आएको भन्दै प्रशंसा गर्नुभयो ।
‘नेपालको मानव संसाधन विकासलाई जापान तथा दक्षिण एसियाली मुलुकहरूसँग द्विपक्षीय तथा क्षेत्रीय सहयोगमार्फत प्रवर्द्धन गर्ने एओटिएस तथा यसका एलुम्नाईहरूको समर्पण, सामूहिक भावना तथा दृढ इच्छाशक्ति अत्यन्त प्रशंसनीय रहेको छ, यस सम्मेलनमा महत्वपूर्ण विषयमा गरिने छलफलहरू उपलब्धिमूलक हुनेछन्’ उहाँले भन्नुभयो ।
मन्त्री भण्डारीले नेपालमा एओटिएसको निरन्तर सक्रियता तथा यसको योगदानले यहाँको औद्योगिक विकास, व्यवस्थापन तथा प्रविधिगत नवप्रवर्तनमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनका माध्यमबाट दक्षिण एसियाली मुलुकहरूबीच आपसी समझदारी, प्रविधि आदानप्रदान तथा व्यावसायिक अवसर सृजना गर्नेसमेत बताउनुभयो ।
नेपाल एओटिएस एल्मुनाई सोसाइटीका अध्यक्ष किशोरभक्त माथेमाले यस सम्मेलनले नेपाललाई अन्तरराष्ट्रिय मञ्चमा मानव संसाधन विकासका क्षेत्रमा अग्रसर राष्ट्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
शनिबार सम्म सञ्चालन हुने अधिवेशनमा बाङ्गलादेश, भारत, जापान, नेपाल र श्रीलङ्काकाका अल्मुनाई सोसाइटीका ५० भन्दा बढी प्रतिनिधि तथा सहभागीहरूको उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा