
धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयका पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय गरेको छ ।
नगर शिक्षा समिति तथा निजी विद्यालय सङ्गठन (प्याब्सन) का नगर संयोजक दीपक ठाकुरले आज विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी दिनुभएको हो । ‘विद्यार्थीहरूलाई समान शैक्षिक अवसर उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो, यस निर्णयले शिक्षामा गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीलाई समान अध्ययन वातावरण उपलब्ध गराउनेछ’ उहाँले भन्नुभयो ।
उहाँले स्थानीय शिक्षा समिति र सरोकारवालासँग समन्वय गरेर प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । प्याब्सन, एनप्याब्सन लगायतबीच छलफल गरी नगरका निजी तथा संस्थागत विद्यालयमा एउटै पाठ्यपुस्तक प्रयोग गर्ने सहमति भएको छ । नगर शिक्षा समितिका तर्फबाट जारी विज्ञप्तिमा पाठ्यपुस्तकको छनोट पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत पाठ्यक्रममा आधारित हुने उल्लेख गरिएको छ ।
नगर संयोजक ठाकुरका अनुसार आउँदो आइतबार अर्को विज्ञप्ति प्रकाशन गरी पाठ्यपुस्तकको नामावली सार्वजनिक गरिनेछ । शिक्षा समितिले छनोट गर्ने पाठ्यपुस्तक गुणस्तरयुक्त र नयाँ पाठ्यक्रमअनुसार हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा