
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चैत १५ गते शुक्रबार काठमाडौँको तिनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल नेतृत्वको टोलीले आज मन्त्रालयमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले अराजक, हिंस्रक एवम् सिद्धान्त बिनाको भिडले तिनकुनेमा वितण्डा मच्चाएको घटनाप्रति सरकार गम्भीर रहेको बताउनुभयो ।
तिनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै अपराधिक कार्य गर्ने उद्देश्य थियो, लक्ष्य थियो’ गृहमन्त्री लेखकले भन्नुभयोे, विध्वंश मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार सञ्चारगृह र सञ्चारकर्मीलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भीर छ ।’
उहाँले हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजानी गर्ने, सञ्चार गृह र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले निष्पक्ष छानविन गरी दोषी पक्षलाई कारवाही गरिने बताउनुभयो ।
यसैगरी तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारका विषयमा गम्भीर भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको छ भन्नुभयो ।
त्यसअवसरमा महासचिव दाहालले तिनकुने घटनामा परी एक फोटो पत्रकारको ज्यान गएको र सञ्चारगृहहरूमाथि हमला भएको घटनाको निष्पक्ष छानविन गर दोषी पक्षलाई हदैसम्मको कारवाही गर्न अनुरोध गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा