
काठमाडौँ । राष्ट्रियसभाले आजै पारित गरेका विभिन्न पाँचवटा प्रतिस्थापन विधेयकबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पति भएका पाँचवटा विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराउनुभएको हो । यी विधेयक राष्ट्रियसभाले संशोधन बिना पारित गरेको हो ।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट प्राप्त सन्देश बैठकमा टेबुल गरियो ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० र२०८१) र मधेशी आयोगको छैठौँ वार्षिक प्रतिवेदन (२०८० र ०८१) पेश गर्नुभएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा