
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समाजका सबै क्षेत्रमा महिलाको सहभागिता बढाउन जरुरी रहेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले माल्टामा आयोजना गरेको युरोपेली क्षेत्रीय सम्मेलन, २०२५ मा महिलाको सहभागितामा अझै चुनौती रहेको उल्लेख गर्दै सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।
‘महिलाहरु धैर्यता, शालिनता र शक्तिका स्रोत हुन्, उहाँहरु आफ्नो पौरखले सम्भ समाज निर्माणमा लागिरहनुभएको छ’ मन्त्री भण्डारीले भन्नुभयो– ‘परम्परादेखि नै सभ्य, सन्तुलित र समुन्नत समाज निर्माणमा महिलाले नै अभिभारा लिएका छन् ।’
उहाँले पछिल्लो समय नेपालमा आमाका नामबाट पनि नागरिकता लिन मिल्ने व्यवस्था भएको उल्लेख गर्दै यो वर्तमान संविधानका कारण सम्भव भएको बताउनुभयो ।
उहाँले महिला परिवारमा मात्रै सीमित नभइ मुलुक निर्माणका हरेक क्षेत्रमा सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा