
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वको अवसरमा बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
राष्ट्रपतिले आज जारी गरेको शुभकामना ईद पर्वमा अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्तो कामना गर्नुभएको हो ।
सन्देशमा भनिएको छ– ‘यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोंच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’
राष्ट्रपत्लिे यसपर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँको सन्देशमा भनिएको छ– ‘सामाजिक एव सांस्कृतिक विविधता बीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ ।’
ईदमा मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूला बडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । त्यस अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा