
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साता कारोबारको पहिलो दिनमै २९ अंकले बढेको छ ।
परिसूचक आइतबार १ दशमलव ११ प्रतिशतको वृद्धि भएको हो । परिसूचक २९ दशमलव ८२ अंकले बढेर २ हजार ६ सय ९३ दशमलव १२ को बिन्दुमा कायम भएको छ ।
आज ३ सय २३ कम्पनीको एक करोड ५५ लाख ७२ हजार ८ सय ६२ कित्ता शेयर, ७६ हजार ३ सय ५४ पटक खरिदबिक्री हुँदा ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १ सय ९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज म्युचुअल फण्ड उपसमूहको उपसूचक शून्य दशमलव १५ र व्यापार समूह शून्य दशमलव २६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आजको कारोबारमा वित्त समूह दुई दशमलव शून्य एक, लगानी दुई दशमलव १८ र अन्य समूह दुई दशमलव शून्य आठ प्रतिशतले बढेको छ ।
बैंकिङ र वित्त समान शून्य दशमलव ८२, होटल तथा पर्यटन एक दशमलव ४१, जलविद्युत् एक दशमलव ५४, जीवन बिमा शून्य दशमलव ८५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५८, लघुवित्त शून्य दशमलव ६२ र निर्जीवन बिमा शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा प्रभु स्मार्ट फण्डको शेयर मूल्य पाँच दशमलव ७९ प्रतिशत रहेको छ ।
रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६९ करोड १९ लाख ७७ हजार ४ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ ।
शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रमोटर शेयर ८ लाख ५० हजार ८ सय ९ कित्ता किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा