
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सोमबार (भोलि) हुने भएको छ ।
क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्रा डा कृष्णप्रसाद न्यौपानेले भोलि बिहान ८ बजे देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने जानकारी दिनुभयो । उच्च अदालत पाटनले निर्वाचन सम्बन्धमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि क्याम्पसले नयाँ मिति तोकिएको थियो । यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन अल्पकालीन अन्तरिम आदेश दिएपछि स्थगन भएको थियो ।
क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अनेरास्ववियु (क्रान्तिकारी) बाट प्रविन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
अध्यक्षका लागि नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि) बाट उज्जलबहादुर खड्का, स्वतन्त्रबाट पदमा भुसाल, सनम वली र दिप्रसन केसी लगायतको उम्मेदवारी परेको छ । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा