
गुल्मी । जिल्ला सदरमुकाम तम्घासमा चैतको अन्तिम सातादेखि ‘गुल्मी महोत्सव’ सञ्चालन हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत २९ गतेदेखि वैशाख १२ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।
‘गुल्मीको समृद्धिको आधार, कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने उद्देश्यका साथ सदरमुकाम तम्घासमा कृषि, पर्यटन एवं व्यापार मेला आयोजना गर्न लागिएको जिल्लास्थित चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार कमर्सद्वारा दोस्रोपटक महोत्सव गर्न लागिएको हो । महोत्सवमा एक लाख ५० दर्शकले अवलोकन गर्ने अनुमान गरिएको बताउँदै ३० करोड रुपैयाँ बराबर आर्थिक कारोबार हुने अपेक्षा गरिएको उहाँले उल्लेख गर्नुभयो ।
जिल्लामा आर्थिक गतिविधि कम भइरहेका बेला बजार चलायमान बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालले बताउनुभयो । दुई सातासम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि तथा घरेलु उत्पादन, लोक कला संस्कृतिको प्रदर्शनी र प्रवद्र्धन तथा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्नु प्रमुख उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो ।
कृषि तथा घरेलु उत्पादनका लागि निःशुल्क स्टलको व्यवस्थापन गरिने आयोजकले जनाएको छ । विगतका वर्षमा जिल्लामा सञ्चालन हुने अधिकांश महोत्सव चिदीचौरस्थित महेन्द्र माविको खेलमैदानमा आयोजना हुने गरेकामा गत वर्षदेखि चिदीचौरभन्दा बाहिर आयोजना गर्न थालिएको जिल्लास्थित उद्योग सङ्घले जनाएको छ ।
सङ्का अनुसार गत वर्ष उपल्लो तम्घासमा महोत्सव आयोजना गरिएको थियो । अहिले गुल्मी चेम्बर अफ कमर्सले तम्घासस्थित कारागार नजिकै नुनथलामा महोत्सव आयोजना गर्न लागेको हो । स्थानीयको १० रोपनी जग्गा भाडामा लिएर महोत्सव गर्न लागिएको अध्यक्ष पाण्डेयले बताउनुभयो । उहाँका अनुसार महोत्सवलाई प्रभावकारी बनाउन १७ उपसमिति गठन गरिएको छ ।
सचिवालय, आर्थिक, सांस्कृतिक, स्टल, घरेलु हस्तकला लगायत कामको संयोजन उपसमितिमार्फत हुने चेम्बर अफ कमर्सका सचिव सूर्य घिमिरेले जानकारी दिनुभयो । महोत्सवबाट जिल्लाको पर्यटन प्रवद्र्धन हुनुका साथै आर्थिक गतिविधि चलायमान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा